भक्तपुर,८ फागुन। भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले जितेको हो । प्रतियोगितामा उपाधिसहित सूर्यविनायकले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार पनि हात पारेको छ । विजेता नगरपालिकालाई प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टी सचिव प्रेम सुवालले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा २१ वटा नगरपालिकाको सहभागिता रहेकोमा सूर्यविनायकले…