भक्तपुर, ३१ जेठ । चाँगुनारायण नगर कार्यपालिकामा नेकपा ९एमाले० का उम्मेदवार विजयी भएका छन् । आज भएको निर्वाचनमा नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्ख्यक आठै सदस्यमा एमालेको पूरै टोली विजयी भएको निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले बताउनुभयो । दुर्गा थापा लामिछाने, इन्द्रमाया तामाङ, सपना तामाङ, कृष्णप्यारी थापा, रमा थापा, सरुना परियार, कुमार अछामी र शर्मिला बयलकोटी…