सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान

काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएपछि नयाँ प्रधानमन्त्री चयनका लागि आज राष्ट्रपतिले आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा २९८ को उपधारा २ मा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने व्यवस्था रहेअनुसार राष्ट्रपतिले आह्वान गर्नुभएको…