प्रधानमन्त्रीसँगको संवादपछि जसपा नेपाल लचक

काठमाडौँ, २१ फागुन । सरकारले भूमिसम्बन्धी अध्यादेश थाती राखेर अरू पाँच अध्यादेश मात्र बुधबार प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गर्ने भएको छ । राष्ट्रिय सभामा भने बिहीबार ती अध्यादेश पेस गर्ने सरकारको तयारी छ । राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालको असहमतिका कारण सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काललाई थाती राख्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार राति भएको…