काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन गर्न नहुने स्पष्ट पारेका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री सिंहले बिहीबार त्यस्तो बताएका हुन् । उनले मुलुकमा जनतालाई अधिकार दिलाउनका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेले निकै…