जनशक्तिको सुनिश्चितता र उपकरण राख्ने स्थान नभई खरिद नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताललाई सो कार्यान्वयनका लागि…