एमालेको नेसनल भोलेन्टियर फोर्सको र्‍याली

काठमाडौँ, ४ मंसिर । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि  र्‍याली  निकालेको छ । फोर्स घोषणाअघि  र्‍यालीका लागि नयाँ बानेश्वरमा जम्मा भएर एमाले निकट युवाहरू माइतीघरस्थित कार्की बैंकेटतर्फ आएका छन् । मार्च पासमा एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले र्‍यालीको नेतृत्व गरेका छन् । केहीबेरमा माइतीघर र बबरमहल नजिकैको कार्की व्याङ्क्वेटमा एमाले…