काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँच गर्न सुरु गरेको छ । महानगरले ट्राफिक प्रहरीको सहकार्यमा २०८१ पुसको अन्तिम सातादेखि सवारी साधनको प्रदूषण जाँच सुरु गरेको हो । यसबारे महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘के तपाईँको सवारी साधनको अवस्था ठिक छ ? प्रदूषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भनने…