काठमाडौँ, २७ पौष । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । आज काठमाडौँमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा उनले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको जिकिर गरे । यसलाई सहज बनाउन अध्यादेशमार्फत केही कानुन संशोधन गरिएको उनले बताए ।…