पाल्पा, २६ पौष । २०७८ सालमा सिद्धबाबा मन्दिरबाट घर जाने क्रममा पहिरोमा परी घाइते भएका तिनाउ गाउँपालिका–३ दोभानका लक्ष्मणप्रसाद श्रेष्ठ सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी थाहा पाएर औधी खुसी छन् । त्यति बेला महिना दिन ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार गराएका उनलाई सिद्धबाबा क्षेत्रको पहिरोको जोखिम र त्रास ताजै छ । ‘जसलाई परेको छ, उसैले…