अध्यादेश स्वाभाविक, सरकारले संसद्लाई अवज्ञा गरेको छैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २८ पौष । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलिरहेको बेला सरकारले अध्यादेश ल्याउन सक्ने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा ज्ञवालीले अध्यादेश ल्याउने विषयलाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने जिकिर गरे । संविधानको धारा ११४ मा टेकेर सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ । "नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था…