काठमाडौँ, १६ पौष । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेका छन् । आज २६ औँ नेपाल टुरिजम बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ । यसअघि नेपाल सरकारले सन २०२२…