सभागृहमा पीएल सिंहको शालिक बनाउने काठमाडौँ महानगरको घोषणा

काठमाडौँ, १४ पौष । काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् । काठमाडौँलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।…