काठमाडौँ, २४ पौष । निजी क्षेत्रको लगानीमा स्थापना हुने नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया रद्दको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नयाँ एक्सचेञ्जलाई लाइसेन्स दिने सम्बन्धमा बोर्डले गरेको नीतिगत व्यवस्थामै त्रुटि रहेको भन्दै त्यसको सम्पूर्ण प्रक्रिया खारेज गर्न अधिवक्ता कृष्णबहादुर थापाले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गरेका हुन् । रिटमा नेपाल धितोपत्र बोर्ड, अर्थ…