काठमाडौँ, २२ पौष । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरबाद, अस्थिर सोच, आडम्बर र दाउपेचकै कारण दुई ठूला दलबीच बाध्यात्मक समीकरण बन्न पुगेको बताएका छन् । एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा आइतबार ४७ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ०७९ को चुनावमा कुनै पनि दलले बहुमत नल्याएपछि राजनीतिक…