काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि सूचना टाँसेर सारिएको हो । पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित…