स्टन्ट र प्रपोगण्डाबाट उद्याएकाहरू त्यसैवाट विस्थापित हुने भए : महासचिव पोखरेल

काठमाडौँ, ४ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उद्याएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्…