अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, २६ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । आज प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताए । मन्त्री पौडेलले भने, ‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ । सेयर बजार लगायतमा गतिशील बनेको छ…