काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताका कारण देश बन्न नसकेको बताएका छन् । आज कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले चीन र भारतको उदाहरण दिँदै नेपालमा राजनीतिक अस्थिरता बढेकै कारण मुलुक समृद्ध बन्न नसकेको बताएका हुन् । उनले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिलाई…