जनकपुर, १२ मंसिर । मधेश प्रदेशका सातवटा वडामा अध्यक्ष पदका लागि चुनाव हुँदै छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र रौतहटकै गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो । धनुषाधाम–१ मा १२ राजनीतिक दलकासहित २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसबाट अशोकुमार मण्डल, एमालेबाट प्रमोद यादव,…