मेयर बालेन एमालेविरुद्ध परिचालित छन् : महासचिव पोखरेल

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका छन् । महासचिव पोखरेलले शुक्रबारको एमाले सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट मेयर शाह एमालेविरुद्ध परिचालित भएको प्रस्ट रूपमा बुझिएको बताएका हुन् । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी…