काठमाडौँ, ८ मंसिर । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले लामिछानेसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए । जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको एसपी मिश्रले बताए…