राजस्व संकलन र पुँजीगत खर्चमा सामान्य सुधार

काठमाडौँ, २ मंसिर । पुँजीगत खर्चमा बढोत्तरी, राजस्व संकलनमा सुधार गर्नेलगायत प्रतिबद्धता सरकारले पटक–पटक दोहोर्‍याउँदै आए पनि यस वर्षको चार महिनासम्म सरकारी वित्तमा अपेक्षित सुधार हुन सकेको छैन । गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा रकमका आधारमा राजस्व संकलन र पुँजीगत खर्चमा सामान्य सुधार देखिए पनि सरकारबाट नागरिकको अपेक्षा धेरै रहेकाले अहिलेको उपलब्धि…