देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको छः मन्त्री भण्डारी

काठमाडौँ, २७ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट बर्सेनि हजारौं युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दो हुँदा देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको बताउनुभएको छ । पीयूएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प(वृद्धि)को स्वागतमा आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासका कार्यक्रममा समन्वय, स्वदेशी उत्पादन र…