वाशिङ्टन डीसी, ८ कार्तिक । विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा वाशिङ्टन डीसीमा रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकका दक्षिण एशिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटवार्ता नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित रहेको हो…