त्रिविको जग्गा फिर्ता ल्याउन भएको प्रगतिबारे प्रधानमन्त्रीले मागिन् जानकारी

काठमाडौँ, २५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन् । आज दिउँसो प्रधानमन्त्री कार्कीले सिंहदरबारमा त्रिविका उपकुलपति प्राध्यापक दीपक अर्याल, रेक्टर प्राध्यापक खड्ग केसी, रजिस्ट्रार प्राध्यापक केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेत…