भक्तपुर, २५ कार्तिक । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपाल, जिल्ला कमिटीको संयोजकमा दिपेश विसुङ्खे चयन हुनुभएको छ । संघका निवर्तमान अध्यक्ष रविना थापा पोखरामा सम्पन्न केन्द्रीय कमिटीको अधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपश्चता विसुङ्खेलाई संयोजकको जिम्मेवारी तोकिएको छ । संघको विधान अनुसार जिल्ला कमिटीले प्रत्येक दुई÷दुई वर्षमा अधिवेशन गरी नयाँ नेतृत्व छनोट गर्नुपर्छ…