काठमाडौँ, ११ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा ‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो । सो भेटका क्रममा मन्त्री डा. राणाले महिला सशक्तीकरणका क्षेत्रमा…