भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माण गर्नेबारे छलफल

काठमाडौँ, ३ असोज । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउनेबारे छलफल भएको छ ।   आज अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच छलफल भएको हो । छलफलबाट अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ। यस्तै परामर्शदाताले…