प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आज साँझ पाँच बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्को अध्यक्ष भएकाले प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । संवैधानिक परिषद्मा  प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष,  प्रतिनिधि सभाको विपक्षी दलको नेता…