काठमाडौँ, २३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत् उनले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय काम/कारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको बताएका हुन् । जेन–जी समूहका केहीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका बेला गृहमन्त्री अर्यालले अहिले शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको प्रष्ट पारेका छन् ।…