कानुनको गाँठो पारेर जनताको कामलाई आलटाल गर्ने होइन् : मुख्यमन्त्री आचार्य

काठमाडौँ, २२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । आज निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीले सेवाग्राहीलाई कानुनी गाँठो बल्झाएर होइन्, निकास दिएर सेवाप्रवाह गर्नुपर्ने बताए । उनले भने, “कानुनको गाँठो पारेर जनताको कामलाई आलटाल गर्ने…