राजनीतिक दलहरू सुसंगठित भएर अघि बढ्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १८ कार्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । आज प्रतिलिपि नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकी उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजनीतिक दलहरू टुट्नु फुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘पार्टीहरू टुट्नु फुट्नु राम्रो…