कसैलाई जोगाउन वा फसाउन प्रहरी दुरुपयोग हुनेछैन : गृहमन्त्री लेखक

काठमाडौँ, १७ साउन । गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनमा कुनै पनि हस्तक्षेप नहुने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार मन्त्री लेखकले प्रहरी प्रशासनमाथि हस्तक्षेप गरेर कसैलाई जोगाउने वा कसैलाई फसाउनका निम्ति दुरुपयोग नगरिने स्पष्ट पारेका हुन् ।  लेखकले भने, ‘प्रहरी संगठनको, प्रशासनको, सरकारका कुनै पनि अंग–प्रत्यंगको दुरुपयोग गरिने छैन, दुरुपयोग हुन दिइने छैन…