काठमाडौँ, ७ साउन । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का कर्मचारी युनियन प्रतिनिधिहरूले संस्थाबाहिरका व्यक्तिलाई सरकारले प्रबन्ध निर्देशक नियुक्त गरे टेलिकमको ढोका बन्द गर्ने चेतावनी दिएका छन् । भद्रकालीस्थित टेलिकम प्रांगणमा आइतबार आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३३औं वार्षिकोत्सव कार्यक्रममा कर्मचारीहरूले संस्थामा योग्य व्यक्ति छँदाछँदै बाहिरका व्यक्तिलाई नेतृत्व सुम्पने तयारी गरिएको भन्दै त्यसको चर्को आलोचना…