बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिदै

काठमाडौँ, ६ साउन । सत्ता विमुख हुने निश्चित रहेका बखत बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज संसद् फेस गर्ने भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका हुन् । नयाँ समीकरणअनुसार सरकार निर्माणको तयारी थालेका कांग्रेस एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने…