रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार बस्दैछ । आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे छलफल हुनेछ । बैठकमा प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे…