काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सत्ता र प्रतिपक्षबीच आरोप/प्रत्यारोप चलेको छ । विपक्षी दलहरू माओवादी र रास्वपाका सांसदहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा एकपछि अर्को भ्रष्टाचारका मुद्दामा कारबाही बढाएपछि कांग्रेस–एमाले मिलेको आरोप लगाएका छन् । सत्ता पक्षले भने विपक्षीको आरोप गलत भएको र अफवाह फैलाएको जवाफ दिएको…