काठमाडौँ, ३ साउन । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण वर्षभरी नै व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप-आयोजना-२ को ब्रिफिङ सुनिसकेपछि उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर आफू गम्भीर रहेको बताउँदै कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे…