गृहमन्त्रीका गृहकार्य

काठमाडौँ, १ साउन । सहकारी ठगी प्रकरणमा निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अनुसन्धान हुनुपर्ने भन्दै कांग्रेसले नाराबाजीसहित संसद् नै अवरोध गरेको थियो । प्रमुख सचेतकको हैसियतमा त्यसको नेतृत्व रमेश लेखकले नै गरेका हुन् । २०८० फागुन २३ मा लामिछाने गृहमन्त्री बनेलगत्तै अनुसन्धानको माग गर्दै कांग्रेसले विरोध गर्दा माओवादी, एमाले र रास्वपा बचाउमा उत्रिएका थिए । तिनै लेखक सोमबार…