चुनावमा सुरुबाटै सेना परिचालन गर्न आयोगको सुझाव

काठमाडौँ, १५ कार्तिक । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरुदेखि नै सेना परिचालन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिने भएको छ । सुरक्षा निकायका अधिकारीहरू र आयोग पदाधिकारीबीच शुक्रबार बसेको बैठकमा मतदाता, राजनीतिक दल र कर्मचारीलाई सुरक्षा बन्दोबस्तीप्रति आश्वस्त तुल्याउन छिट्टै एकीकृत सुरक्षा योजना लागू गरिनुपर्ने सुझाव आएको हो । यसअघि निर्वाचनको एक/दुई साता अगाडिबाट मात्र…