काठमाडौँ, २१ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र वडाध्यक्षहरूबीचको विवादले महानगरको नगरसभा अन्योलमा परेको छ । गत शुक्रबार बिहान ८ बजे बोलाइएको १५औं अधिवेशनको चौथो नगरसभा स्थगन भएयता कहिले बैठक बस्ने टुंगो भएको छैन । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबारसम्म पनि बैठक बस्ने कुनै खबर नपाएको बताए । ‘नगरसभा बैठकको विषयमा मलाई पनि थाहा हुँदैन,’ उनले भने,…