काठमाडौँ, १९ असार । नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । देशलाई सुशासन, स्थायित्व र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ पार्टीले एमालेसँग सहकार्य गरेको उल्लेख…