काठमाडौँ, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । आज पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताएका हुन् । उन्ली भने, ‘युवा–विद्यार्थी…