काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो । “प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,” माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने ।…