एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौँ, १६ असार । नेकपा (एकीकृत समाजवादी)को  दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।  महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन…