टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रयास

काठमाडौँ, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट बजेट पारित भएलगत्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) संशोधन विधेयकमा राजनीतिक सहमति जुटाउने प्रयास थालेका छन् । मुख्य राजनीतिक दलको सहमतिका आधारमा संसद्मा छिटोभन्दा छिटो विधेयकलाई लैजान बिहीबार बालुवाटारमा कांग्रेस र एमाले नेतृत्वसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले…