काठमाडौँ, ११ असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले नेपालको संसदीय अभ्यास २०१५ बाट शुरु भएपनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रूपमा भएपनि सर्वसाधारणको पहुँचमा नआएको बताए । उनले भने,…