परासी, ८ कार्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद पुनःस्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद पुनःस्थापना नै उत्तम विकल्प रहेको उहाँले जिकिर गर्नुभयो । पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै एमाले नेता ज्ञवालीले फागुन २१ मा तोकिएको चुनाव…