काभ्रे, ३१ जेठ । नेकपा (एमाले) काभ्रेको अध्यक्षमा राजन भुर्तेलको प्यानल नै विजयी भएको छ । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रहेका चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे । यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए ।…